गृहपृष्ठ फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार
फिलिपिन्स डुङ्गा दुर्घटनामा चार जनाको मृत्यु, ८८ वेपत्ता, १६६ जनाको उद्धार
मनिला, फिलिपिन्स- फिलिपिन्सको उत्तरपूर्वी क्षेत्र इन्फान्टाबाट पोलिल्लो टापूतर्फ २५८ जना यात्रलाई लिई छुटेको र चालक दलका सदस्यसहित छुटेको एक डुङ्गा बिहीबार दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ८८ जना वेपत्ता रहेका फिलिपिनी अधिकारीले जनाएका छन् ।
सामुद्रिक सुरक्षा गार्डले डुङ्गामा यात्रारत १६० जनालाई नौसेना र सामुद्रिक सुरक्षा अधिकारीको पहलमा सकुशल उद्धार गरिएको फिलिपिन्सले जनाएको छ ।
फिलिपिन्सको सामुद्रिक क्षेत्रमा आएको विशाल आँधीपछि समुद्रमा आएका तरङ्ग पार गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
घटनामा परी जीवन जोगाएका यात्रु दोनेल जेद मान्दिओलाले फिलिपिनी डिजेडएमएम रेडियोलाई घटनाबारे भने, ‘खराब मौसमका कारण क्वोएजन प्रान्तबाट डुङ्गा केही ढिलो गरी छुटेको तर बाटोमा करिब दुई घण्टा कडा तथा विशाल छाललाई पार गर्दै अघिबढिरहेका वेला डुङ्गाको अगाडीको भागबाट पानी पसेको थियो । डुङ्गा डुब्ने देखिएपछि यात्रुहरू एकैतर्फ जम्मा हुँदा डुङ्गा ढल्किएको र सुरक्षाका लागि यात्रुहरूलाई लाइफ ज्याकेट प्रयोग गर्न भनिएको थियो ।’
डुङ्गामा भारवहन क्षमताभन्दा बढी यात्रु रहेको भने नपाइएको सुरक्षाकर्मीले जनाएका छन् । रासस/एपी
प्रकाशित समय : २०:०६ बजे



















