गृहपृष्ठ मण्डनदेउपुरका विद्युत् चोरीमा संलग्न नौ पक्राउ

मण्डनदेउपुरका विद्युत् चोरीमा संलग्न नौ पक्राउ

मण्डनदेउपुरका विद्युत् चोरीमा संलग्न नौ पक्राउ

बनेपा, ३ फागुन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका नौ जना विद्युत् चोरी गर्ने पक्राउ परेका छन् ।उनीहरुलाई विद्युत् चोरी गरिरहेका अवस्थामा पक्राउ गरी इप्रका बनेपाको हिरासतमा लिइएको नेपाल विद्युत् प्राधिकरण, काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए । पक्राउ पर्नेमा बनेपा नगरपालिका–३ का गोपालसिंह तामाङ र काले तामाङ, मण्डनदेउपुर नगरपलिका–३ का सानुकान्छा तामाङ र जीवनाथ ढकाल तथा मण्डनदेउपुर–४ का राजकुमार परियार, रामबहादुर नेपाली, भीमप्रसाद काफ्ले, रामकुमार तामाङ र मण्डनदेउपुर–८ का रामचन्द्र खतिवडा छन् ।

पनौती र नमोबुद्ध नगरपालिका, बेथान चोक गाउँपालिका लगायत स्थानबाट पनि विद्युत् चोरी भएको उजुरी आएको बताए । आव २०७३÷०७४ मा विद्युत् चोरीका आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ परेका थिए । यससँगै विद्युत् चोरी गर्नेको संख्या ५८ पुगेको छ ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु