global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सरकारले ९४ अर्ब बूढीगण्डकीलाई अनुदान दिन निर्णय पारित गर्यो

सरकारले ९४ अर्ब बूढीगण्डकीलाई अनुदान दिन निर्णय पारित गर्यो

सरकारले ९४ अर्ब बूढीगण्डकीलाई अनुदान दिन निर्णय पारित गर्यो

काठमाडौं,  फागुन ३ । सरकारको पछिल्लो निर्णयअनुसार स्वदेशी लगानीमा निर्माण गर्ने भनिएको १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनामा ९४ अर्ब रुपैयाँ अनुदान उपलब्ध हुने भएको छ ।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनको मन्त्रिपरिषद्ले आयोजना निर्माण गर्न सहज हुने गरी अनुदान दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को माघ २६ गतेको बैठकले आयोजनाका लागि भायबिलिटी ग्याब फन्ड ९भिजिएफ० का रूपमा उक्त रकम दिने राष्ट्रिय योजना आयोगको प्रतिवेदन पास गरेको छ । मन्त्रिपरिषद्को निर्णय भने आइनसकेको ऊर्जा मन्त्रालय नीति महाशाखा प्रमुख तथा प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

सरकारले उक्त रकम अनुदानका रूपमा उपलब्ध गराएपछि स्वदेशी लगानीमा निर्माण गर्न सजिलो हुने आयोगको प्रतिवेदनको निष्कर्ष थियो । करिब २ खर्ब ७० अर्ब रुपैयाँ लागतमध्ये अनुदान घटाएपछि १ खर्ब ७६ अर्ब हुन्छ ।

अनुदानपछि स्वदेशी वित्तीय क्षेत्र तथा सरोकारवाला निकाय आयोजनामा लगानी गर्न आकर्षित हुने आयोग अधिकारीले बताएका छन् । आयोग उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले आयोजनाको लगानी मोडालिटी समेटिएको प्रतिवेदन १५ दिनमा तयार गरेको थियो ।

आयोजना निर्माणको जिम्मा अहिले नेपाल विद्युत् प्राधिकरणलाई दिइएको छ । तत्कालीन पुष्पकमल दाहाल सरकारका ऊर्जा मन्त्री जनार्दन शर्माले आयोजना चिनियाँ कम्पनी चाइना गजुबा ग्रुप कम्पनी ९सिजिजिसी० लाई दिने निर्णय गरेका थिए । आफूले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगी गत जेठ २१ गते चिनियाँ कम्पनीसँग आयोजना दिने समझदारी गरेका दिए ।

देउवा सरकारका उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले अघिल्लो सरकारको निर्णय बदर गर्दै स्वदेशी लगानीमै आयोजना निर्माणको बाटो खोलेका थिए । चिनियाँ कम्पनीबाट फर्काएपछि गत मंसिर ८ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको मोडालिटी तयार गर्न आयोग उपाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु