global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एक वर्षभित्र सोलु कोरिडोर पूरा गर्ने विद्युत् प्राधिकरणको योजना

एक वर्षभित्र सोलु कोरिडोर पूरा गर्ने विद्युत् प्राधिकरणको योजना

एक वर्षभित्र सोलु कोरिडोर पूरा गर्ने विद्युत् प्राधिकरणको योजना

काठमाडौं, फागुन ३ । लामो समय विवादमा अल्झेर निर्माणमा हुन गइरहेकोे १३२ केभी सोलु कोरिडोर (प्रसारण लाइन) अबको करिब एक वर्षभित्रमा पूरा गर्ने नेपाल विद्युत् प्राधिकरणले बताए । धमाधम काम भइरहेकाले २०७५ चैतभित्रै पुरा गर्ने लक्ष्य छ ।

मिर्चैया–सोलुुखुम्बु ९० किलोमिटर प्रसारण लाइन ३ महिनामा १८ प्रतिशत पूरा भएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताए । ‘अवरोध नभएका ठाउँमा २१ वटा फाउन्डेसन (टावर गाड्ने जग) तयार भएको छ,’ ‘एक सातामा टावर ठड्याउन सुरु गरिनेछ ।’

कुनै प्रकारको अवरोध नभए निर्धारित समय र तालिका अनुसार कार्य सम्पर्ण गर्ने सम्भावना छ । गत पुस १३ गते लाइन निर्माण हुने जिल्लाको रुख कटान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

सिराहा र उदयपुरमा टावर राख्ने र तार तान्ने स्थानका ८ हजार २ सय रुख काट्नुपर्ने छ । सरकारको स्वीकृतिपछि कटान हुने रुख चिनो लगाउन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

भारतीय एक्जिम बैंकको ऋण लगानी रहेको प्रसारण लाइन भारतकै मोहन इनर्जी कर्पोरेशनले निर्माण गरिरहेको छ । यो प्रसारण लाइन २ अर्ब ९० करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ ।

सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बुलाई प्रसारण लाइन आयोजनाले छुने हुँदा स्थानीय अवरोध धेरै हुने गरेको गौतमले बताए । रुख कटान, मुआब्जा वितरणलगायत विषयमा स्थानीयसँग सहमति नजुट्दा आयोजना अघि बढाउन समसया हुने गरेको उनले बताए ।

गौतमका अनुसार सिराहामा जग्गा अधिग्रहणको सकिएको छ । उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बुको जग्गा अधिग्रहण प्रक्रिया क्रमशः अघि बढ्नेछ । मुआब्जा वितरण प्रक्रिया सहज भए एक वर्षमा प्रसारण लाइन तयार हुन्छ ।

९० किलोमिटर दूरीमा ३ सय ३ वटा टावर निर्माण हुनेछन् । मिर्चैया र तिन्लामा एक एक सबस्टेसन राखिनेछ । मिर्चैयास्थित सबस्टेसनको निर्माण पूरा भएको छ भने तिन्लाको काम सुरु भएको छैन ।

सोलु कोरिडोरमा निर्माणाधीन आयोजना

यो प्रसारण लाइनमा निर्माणाधीन २ सय १५ मेगावाटका ५ जलविद्युत् आयोजना जोडिनेछन् । सोलु कोरिडोरमा अहिले ५.२ मेगावाटको जुनबेँसी, १८ मेगावाटको माथिल्लो सोलु, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु र ८६ मेगावाटको सोलु–दूधकोसी निर्माणमाधीन छन् । २.८ मेगावाटको सिसा खोला निर्माणमा जाने तयारीमा छ ।

निर्माणाधीन आयोजनामध्ये सोलु र तल्लो सोलु सरकारले प्रतिस्पर्धामा निजी क्षेत्रलाई निर्माण गर्न दिएका (सुपर सिक्स) आयोजना हुन् । यी दुवै आयोजनाबाट अबको डेढ वर्षमा विद्युत् उत्पादन हुनेछ । सोलु २०७५ असार र तल्लो सोलु २०७६ पुसमा पूरा हुने यसका प्रवद्र्धकले जानकारी दिएका छन् ।

प्राधिकरणले समयमै लाइन निर्माण गर्ने दाबी गरे पनि कामको सुस्तताले विद्युत् खेर जाने प्रवद्र्धकको चिन्ता छ । समयमा प्रसारण लाइन नबने प्राधिकरणले र आयोजना तयार नभए प्रवद्र्धकले ४५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु