global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रघुगंगा जलविद्युत् आयोजनामा लगानीको ढोका खुल्यो स्थानीयवासीलाई

रघुगंगा जलविद्युत् आयोजनामा लगानीको ढोका खुल्यो स्थानीयवासीलाई

रघुगंगा जलविद्युत् आयोजनामा लगानीको ढोका खुल्यो स्थानीयवासीलाई

बेनी, म्याग्दी ।  निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले लगानी गर्न पाउने भएको छ । ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना लामो समयदेखि रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरणले नयाँ ठेकेदार छनोट गरेपछि निर्माणकार्य अघि बढ्ने भएको हो । भारतीय ठेकेदार कम्पनी आइभीआरसीएल यसअघि निर्माणको जिम्मा पाएका थिए । आर्थिक संकटमा परेपछि रोहिएका आयोजना बोलपत्रमार्फत पुनःठेक्का जयप्रकाश एशोसिएसट्ले पाएको छ । ४५ महिनाभित्र सम्पन्न गर्ने गरी एशोसिएट्स र प्राधिकरणबीच निर्माण सम्झौता भइसकेको छ । अब भारतीय एक्जिम बैंकले स्वीकृति दिनुपर्ने छ । रघुगंगा हाइड्रो लिमिटेडका प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताए ।

‘२०६७ सालदेखि निर्माण शुरु भएको २०७१ सालमा सम्पन्न गर्ने उद्देश्य थियो । सात वर्षमा आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकको ट्र्याक, आवास गृहका भवन र २५ मिटर सुरुङ खन्ने मात्र काम गरेको छ । आयोजनामा एक्जिम बैंकले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ ।

२०६७ मा ३२ मेगावाट उत्पादन गर्ने गरी काम अघि बढाइएको भएपनि त्यसमा आठ मेगावाट थपेर अहिले ४० मेगावाट पु¥याइएको छ । ‘यो आयोजनाको सम्भाव्यता सन् १९९८ मा गरिएको थियो । यसलाई पुनःअद्यावधिक गरेर ३२ मेगावाटबाट ४० मेगावाट बनाइएको हो’, अधिकृत दाहालले भन्नुभयो,– “प्राधिकरणले कम्पनी मोडेलमार्फत आयोजना अघि बढाउने र स्थानीयवासीलाई लगानीको अवसर सिर्जना गर्ने गरेको निर्णय स्वागतयोग्य छ ।”

‘नेपाल सरकार र भारत सरकारबीच सम्झौता भइसकेको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वडाका सर्वसाधारणले प्राथमिकताका आधारमा लगानी गर्न पाउने बताए ।
रघुगंगाबाट उत्पादिन विद्युत् सरकारले अहिले निर्माण गरिरहेको २२० केभिए कालीगण्डकी करिडोर प्रशारण लाइनअन्तर्गत दाना–खुर्कोट सव स्टेशनमा जोडिनेछ

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु