global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ दाङमा हात्तीपाइले रोगको संक्रमण दर घटेन, शिक्षितले नै खाँदैनन् औषधि

दाङमा हात्तीपाइले रोगको संक्रमण दर घटेन, शिक्षितले नै खाँदैनन् औषधि

दाङमा हात्तीपाइले रोगको संक्रमण दर घटेन, शिक्षितले नै खाँदैनन् औषधि

दाङ । दाङमा हात्तीपाइले रोगको संक्रमण दर नघटेको पाइएको छ । दाङको कुल जनसंख्याको ६ प्रतिशत अर्थात् करिब ६ हजार नागरिकमा हात्तीपाइलेको संक्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरिया निरीक्षक कमल चन्दले जानकारी दिएका छन् ।
हात्तीपाइले रोगको संक्रमण दर नघटेपछि आम औषधि सेवन अभियान दुई बर्ष थप गरिएको मलेरिया निरीक्षक चन्दले जानकारी दिए । ६ बर्षसम्म नियमित औषधि खुवाउने कार्यक्रमले संक्रमणको दर नघटेपछि फेरी दुई बर्ष थप गरिएको र यो आठौँ बर्षको अभियान भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।
दाङमा बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । ‘बुझ्ने र पढेलेखेका मानिसहरु हात्तीपाइलेविरुद्ध औषधि खानुहुन्न, शहर बजारमा यसको सेवन गर्नेको संख्या निकै कम छ,’ जिल्ला जनस्वास्थ्य अधिकृत प्रकाशकुमार योगीले भने । जनस्वास्थ्य निरीक्षक ओमप्रसाद न्यौपानेका अनुसार जो गरिब छ उसले रोग लागेमा औषधि गर्नुपर्छ भनेर औषधि खाने गरेका र अन्य जान्नेबुझ्नेले औषधि नखाइदिने समस्या रहेको छ ।
विशेषगरी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हात्तीपाइलेबाट बच्न औषधि खानुपर्ने भए पनि विभिन्न कारण र मनोडरका कारण औषधि सेवन नगर्ने गरेको बताइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुझ्ने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
दाङमा १३ प्रतिशतमा हात्तीपाइलेको लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एकबर्ष पहिले दाङका साविक रामपुर, सिसहनिया र टरिगाउँमा गरिएको परिक्षणमा ८० जनामा हात्तीपाइलेको संक्रमण भेटिएको थियो । सरकारले दाङमा हात्तीपाईले रोगको संक्रमण दर २ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत वर्ष दाङमा ५५ प्रतिशतले मात्र औषधि सेवन गरेको बताइएको छ । राज्यले यसको सचेतनाका लागि अर्बांै रकम खर्च गरे पनि सो खर्च बालुवामा पानी हालेझँै भएको छ ।
हात्तीपाइले औषधि सेवनपछि केही सामान्य असरका लक्षण देखिए पनि चिकित्सकले त्यसबाट नआत्तिन आग्रह गरेका छन् । गर्भवती, दुई वर्ष नपुगेका केटाकेटी, सिकिस्त बिरामी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मिर्गौला, फोक्सोको दीर्घरोगी तथा छारे रोगका बिरामीले औषधि सेवन गर्न नहुने र अन्य सबैले यो औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । दाङमा यही फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको हात्तीपाइले रोग निवारण विरुद्धको कार्यक्रमअन्तर्गत औषधि खुवाउने कार्यक्रम रहेको छ । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रका व्यक्ति र सरोकारवालालाई जानकारी गराउन शुरु गरिएको छ । तर औषधि भने जिल्लामा नआएको बताइएको छ ।
यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार हात्तीपाइले रोगका कारण पनि हाइड्रोसियल हुने भएकाले अहिले राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती अञ्चल अस्पतालमा निशुल्क रुपमा हाइड्रोसिलको शल्यक्रिया गरिने छ । शरिरमा हात्तीपाइले रोगको जिवाणु रहेका ब्यक्तिले औषधि सेवन गरेपश्चात सामान्य केहि लक्षणहरु देखीने हुँदा नआत्तिन पनि जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेका छ ।

प्रकाशित समय : १०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु