गृहपृष्ठ हिच्कीबाट रानीको पुनरागमन

हिच्कीबाट रानीको पुनरागमन

हिच्कीबाट रानीको पुनरागमन

काठमाडौं, १३ फागुन । बलिउडमा लामो समयसम्म दर्शकको मन जित्न सफल नायिका रानी मुखर्जी चलचित्र हिच्कीबाट पुनः चलचित्रमा देखापर्ने भएकी छिन् । हालै चलचित्रको एउटा गीत रिलिज भएको छ । सिद्धार्थ मल्होत्रा निर्देशित फिल्मको पहिलो गीतमा रानी मुखर्जीको फिचरिङ रहेको छ र उनी टिचरको भूमिकामा देखिएकी छिन् ।
‘ओए हिच्की’ बोलको उक्त गीत युट्युवमार्फत रिलिज भएको छ । गीतमा जयदिप शाहनीको शब्द, जस्लिन रोयलको संगीत र हर्षदिप कौरको स्वर रहेको छ । सन् २०१४ मा सार्वजनिक फिल्म ‘मर्दानी’पछि उनी बलिउडको कुनै पनि फिल्ममा देखिएकी थिनन । हिच्कीबाट उनले पुनः अभिनयलाई निरन्तरता दिँदै छिन् । फिल्ममा अन्य कलाकार हर्ष मयर, सुप्रिया पिल्गावंकर, कुनाल सिंदे, निरज कवि लगायतको अभिनय रहेको छ ।

प्रकाशित समय : ०५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु