गृहपृष्ठ शिल्पालाई लिएर छवि देश दौडाहामा
शिल्पालाई लिएर छवि देश दौडाहामा
काठमाडौं, १३ फागुन । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मंगलम’ यति बेला प्रचार प्रसारको लागि देश दौडाहमा निस्किएको छ । शनिबार मंगलम् टिमले धरानमा पत्रकार भेटघाट कार्यक्रम गरी स्थानीयलाई चलचित्रको विषयमा जानकारी गराएको हो । उत्त पत्रकार भेटघाट कार्यक्रममा निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको उपस्थिति रहेको थियो ।
गएको वर्ष ‘किस्मत २’ लिएर आएकी अभिनेत्री शिल्पा रिलिजको दिन कुरेर बसेको नयाँ फिल्म हो ‘मंगलम’ । निर्माता छविराज ओझाको ब्यानरमा भित्रिएपछि सफलताको मात्र छडी समातेर अगाडि बढिरहेकी शिल्पाले यो फिल्मबाट पनि ठूलो आश बोकेकी छिन् । चर्चामा रहेको ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि ‘मंगलम’ बक्स अफिसमा हिट हुने धेरैको अनुमान छ । यस्तैमा प्रचार–प्रसारलाई आक्रामक बनाउन फिल्मको टिम मोफसल यात्रामा निस्केको छ
फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ । नवल नेपाल निर्देशित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा छिन् । ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् ।
‘पर्ख पर्ख मायालु’ बोलको गीतले सर्वाधिक चर्चा कमाई सकेको चलचित्रमा मंगलम माया प्रेमका कुरामा बढि जोड दिएको समेत निर्दैशक नवल नेपालले बताए । आफ्ना सवै रहर मारेर जिवन जिउन जति दुख हुन्छ सुख पनि त्यसै भित्र पाईन्छ भन्ने र खाली मान्छेको मन हुनपर्छ भन्ने सारका साथ यस चलचित्रलाई बढि जोड दिइएको कार्यकारी निर्माता छविराज ओझाले बताए ।
दिजेन्द्र शाक्य, साकार ओझा, र ओम गुरुङले संयुक्त मंगलम चलचित्र निर्माण रहेका हुन् । चलचित्रमा कथा पटकथा गोविन्द फुयालको रहेको छ भने छायाङकन विष्णु घिमिरेले गरेका हुन् । नृत्य निर्दैशन कविराज गहतराजको रहेको छ भने संगित दिपक शर्मा र सम्पादन मित्रदेव गुरुङले गरेका हुन् ।
प्रकाशित समय : ०५:५५ बजे