nmb bank

गृहपृष्ठ प्रियंका र आयुष्मान फूर्सदिला बनेपछि…

प्रियंका र आयुष्मान फूर्सदिला बनेपछि…

प्रियंका र आयुष्मान फूर्सदिला बनेपछि…

काठमाडौं, १३ फागुन । नेपाली चलचित्रका कलाकार फूर्सदिला बनेपछि विभिन्न सामाजिक कार्यमा भेटिने गरेका छन् । त्यसो त कलाकारको धर्म कलाकारिता गर्नु हो । तर, फूर्सदिला बनेपछि उनीहरु विभिन्न महोत्सव तथा उद्घाटनमा समेत समय खर्चिरहेका पाइन्छन् ।

झण्डै डेढ दशक अघिदेखि नेपाल प्रवेश गरेको भारतको प्रतिष्ठित हबिब्स हेयर एण्ड ब्युटि सलूनले नेपालमा दोस्रो शाखाको उद्घाटनमा पनि यस्तै फूर्सदिला देखिए नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की । ललितपुरको जावलाखेलमा स्थापित ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’ को उद्घाटन चलचित्र अभिनेता आयुष्मान तथा अभिनेत्री प्रियंकाले संयुक्तरुपमा गरेका हुन् । रिबन काटेर सलून उद्घाटन गर्दै अभिनेत्री प्रियंकाले अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल हेयर स्टाइलिष्ट हबिबको सैलून नेपालमा विस्तार हुनुले हेयर स्टाइलिसप्रति आकर्षित नेपाली युवा–युवतीहरु थप स्मार्ट हुने धारणा व्यक्त गरिन् ।

अभिनेता आयुष्मान देशराज जोशीले हबिबका सलुनमा युवतीमात्र होइन युवाहरुले पनि उत्कृष्ट सेवा पाउने भएपछि आफू समेत लाभान्वित हुने धारणा व्यक्त गरे । आयुष्मान र प्रियंका गत बर्ष देखी नै गहिरो प्रेम सम्बन्धमा छन् । प्रिंयका फिल्मको काममा ब्यस्त छिन् । तर,आयुष्मानको हातमा अहिले कुनै फिल्म परेको छैन । उनीसंग समय छ र त प्रियंकालाई जहाँ बाट निम्तो आउछ, त्यहाँ आयुष्मान पनि निशुल्कमै सहभागी हुने गरेका छन् ।

अभिनेत्री प्रियंका कार्कीले आयुष्मान देशराज जोशीको प्रेममा परेपछि कामहरु आयुष्मानसँगै गर्ने अडान राख्दै आएको कुरा चर्चामा छ । वास्तविक जीवनमा अफेयर भए पछि प्रियंकाले आफ्नो जोडीको रुपमा पर्दामा पनि आयुष्मानलाई नै खोज्ने गरेको प्रसंग एकताका चर्चामा थियो । कतिले त प्रियंकाको यस्तो अडानले उनको करिअर नै डुब्ने अड्कलसम्म काट्न भ्याएका थिए । तर प्रियंकालाई यसले कुनै पनि किसिमको असर पारेको छैन । आयुष्मानलाई पर्दामा पनि साथमै देख्ने प्रियंकाको चाहना विस्तारै विस्तारै पूरा हुँदै आएको देखिन्छ । केही टिभिसी एड र एनसेलको प्रेम दिवस विशेष विज्ञापनमा समेत यो जोडीले काम गरिसकेको छ । हालै मात्र यो जोडी सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’मा अनुबन्धित भएको छ । शिव श्रेष्ठले बनाउन लागेको आगामी सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’मा यी दुईले स्क्रिन सेयर गर्ने भएका हुन् ।

सिनेमामा आयुष्मानले सामाजिक कार्यमा समर्पित एक युवाको भूमिका निर्वाह गर्ने भएका छन् भने उनको जोडीको रुपमा प्रियंकालाई नै देख्न पाइने भएको छ । यो सिनेमामा वर्षा राउत र संजोग कोइरालाको जोडी पनि प्रस्तुत हुने भएको छ । यो जोडी पनि विगत ६ वर्षदेखि एक अर्काको प्रेममा छ । सिनेमामा दिलिप रायमाझी, भुवन केसी, करिष्मा मानन्धर, निरुता सिंहलगायतका कलाकारको पनि अभिनय रहने भएको छ ।

प्रकाशित समय : ०५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु