गृहपृष्ठ खुल्यो आजबाट एशियन लाइफको हकप्रद

खुल्यो आजबाट एशियन लाइफको हकप्रद

खुल्यो आजबाट एशियन लाइफको हकप्रद

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रदको बिक्री आजबाट खुलेको छ । बीमा समितिको निर्देशन बमोजिम २ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ (आज)देखि २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
एसियन लाईफकम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६।२० कित्ता शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका शेयरधनीले मात्रै हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद शेयरमा फागुन १३ गते देखि चैत्र १८ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल ८० करोड ५५ लाख ९३ हजार २४० रुपैयाँ चुक्ता पूँजी भएको एशियन लाइफको हकप्रद निष्कासन पछि १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८६० रुपैयाँ पुग्नेछ ।

कहाँबाट दिने आवेदन

एशियन लाइफ इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका शेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

प्रकाशित समय : ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु