global ime bank Long Banner Ad

गृहपृष्ठ मुद्दतीमा पनि १० प्रतिशत ब्याज दिँदै लक्ष्मी बैंक

मुद्दतीमा पनि १० प्रतिशत ब्याज दिँदै लक्ष्मी बैंक

मुद्दतीमा पनि १० प्रतिशत ब्याज दिँदै लक्ष्मी बैंक

काठमाडौं । लक्ष्मी बैंकले ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’ मानिंदै आएको ब्याजदरलाई बढाई १० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती खाता जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको बचत योजना रहेको बैंकले जनाएको छ ।
यो ‘लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’मा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मा गर्नसक्ने बैंकले जनाएको छ । ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि गरेको रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ ।
यस योजनामा ग्राहकले ब्याज आफ्नो बचत परिपक्व भएको अवस्था वा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्ने बताइएको छ । साथै लक्षित मुद्दती खाता खोल्ने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधा प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकका नेपाल अधिराज्यभर रहेका ७८ शाखाहरुबाट यो खाता सहजै रुपमा खोल्न सकिनेछ ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु