काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द

11.13K
shares

उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै उत्तर कोरियाले वार्ता रद्द गरेको हो ।

उत्तर र दक्षिण कोरियाबीच पनमुनजोनमा आज वार्ता हुने तय गिरएके थये । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनका अनुसार १२ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा तय भएको वार्ताको भविष्यमा पनि प्रश्न उठेको छ ।

केसीएनका अनुसार अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास ‘उक्साहट’ हो । अमेरिका र दक्षिण कोरियाले शुक्रबारबाट ‘मेक्स थन्डर’ नामक संयुक्त युद्ध अभ्यास सुरु गरेका थिए । बी–५२ बम वर्षक विमान र एफ–१५ जेट विमानसमेत करिब १ सय लडानु विमान अभ्यासमा छन् ।

सन् १९५३ मा भएको द्वीपक्षीय सम्झौताअनुसार अमेरिका र दक्षिण कोरियाले यस प्रकारको युद्ध अभ्यास गर्दै आएका छन् । तर उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच हालै दक्षिण कोरियामा ऐतिहासिक वार्ता भएको थियो । वार्तामा कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार उत्तर कोरियाले आफ्नो परमाणु परीक्षण स्थल बन्द गरेको घोषणा गरिसकेको छ । तर दक्षिणले सहमतिविपरित काम गरेको उत्तरले बताएको छ ।

उत्तर र दक्षिण कोरियाका नेताबीच सन् १९५३ मा भएको युद्धविरामलाई औपचारिक रुपमा यसै वर्ष शान्ति सन्धिको रुपमा बदल्ने तयारी थियो ।