काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकले खोल्यो एकैपटक १० नयाँ शाखा

13.5K
shares

काठमाडौं– माछापुच्छ्रे बैंकले एकैपटक १० वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले खोटाङको हलेसी, धनुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा शाखा विस्तार गरेको हो ।

खोटाङको हलेसी शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरेका छन् भने धनुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो, बैंकका सञ्चालक राममान श्रेष्ठ र नगरका मेयर रामबाबु यादवले संयुक्त रुपमा गरे । झापाको बाह्रदशी शाखाको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले गरे ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकामा शाखा स्थापना गरेको जनाएको छ । नयाँ शाखामार्फत बैंकले कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरेको छ । साथै, हलेसी र गणेशमान चारनाथ शाखामा एटिएम सुविधासमेत उपलब्ध गराएको बैंकले जनाएको छ । हाल बैंकले ७४ शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १९ शाखारहित बैंकिङबाट सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ८८ वटा एटीएम सञ्चालनमा छन् ।