global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द

नेपाल इन्स्योरेन्स कम्पनीको चैत २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई शतप्रतिशत हकप्रद निष्कासन गर्नको लागि चैत २३ गते बुक क्लोज गर्न लागिएको छ ।
३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डको अनुमति अनुसार इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

प्रकाशित समय : २३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु