काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वणिज्य बैंकको पहिलो महिला सीइओ बनिन् अनुपमा, माछापुच्छ्रेमा सुमन

17.22K
shares

काठमाडौं । दुई वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) परिवर्तन भएका छन् । मेगा र माछापुच्छ्रे बैंकमा नयाँ अनुहारले सीईओको जिम्मेवारी पाएका हुन् । मेगा बैंकको सीईओमा अनुपमा खुँजेली नियुक्त भएकी छन् । खुँजेली मेगाको मात्रै नभएर वाणिज्य बैंकहरुमै सीईओको जिम्मेवारी पाउने पहिलो महिला भएकी छन् ।
मेगा बैंक सञ्चालक समितिले खुँजेलीलाई सीईओ नियुक्त गरेको जनाएको छ । बैंकका अनुसार, खुँजेलीको कार्यकाल २ वैशाखदेखि शुरु हुनेछ । अनिल केशरी शाहले सीईओको जिम्मेवारीबाट राजीनामा दिएपछि मेगाले २३ मंसिरदेखि लागू हुनेगरी खुँजेलीलाई कामु सीईओको जिम्मेवारी दिएको थियो । कामु सीईओको जिम्मेवारी सम्हालेको केही महिनापछि बैंक सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिएको हो ।
उता, माछापुच्छ्रे बैंकले पनि नयाँ सीईओ पाएको छ । २८ चैतमा बसेको बैंक सञ्चालक समिति बैठकले सुमन शर्मालाई सीईओमा नियुक्त गरेको हो । एसबीआई बैंकबाट बैंकिङ करिअर शुरु गरेका शर्मासँग २१ वर्ष लामो अनुभव छ । शर्माले नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकमा काम गरिसकेका छन् । नेदरल्यान्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्मा भौतिकशास्त्र र अर्थशास्त्रमा पनि स्नातकोत्तर हुन् ।