काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फोरम सरकारमा जाने

12.29K
shares

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय गरेको छ । फोरमको आज बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संविधान संशोधन गर्न वाम गठबन्धन सहमत भएको भन्दै बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । फोरमका नेताहरुले आजै वाम गठबन्धनसँग सहमति गर्ने बताएका छन् ।
सरकारमा सहभागिताका विषयमा वामगठबन्धन र फोरमबीच यसअघि पनि पटकपटक वार्ता भएका थिए । तर मन्त्रालय भागबण्डा नमिलेका कारण सहमतिको प्रयास सार्थक हुन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।