global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी आज स्वदेश प्रस्थान

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी आज स्वदेश प्रस्थान

पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी आज स्वदेश प्रस्थान

काठमाडौं । नेपालको दुई दिने भ्रमण पूरा गरी  भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका थिए । 

स्वदेश फर्कनुअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । र उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र सहयोग विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
यसअघि पाकिस्तानी प्रधानमन्त्री अब्बासी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । होटल हयातमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै दाहालले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको बताए । दुई पक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको उहाँको भनाइ थियो । हिजो अपराह्न काठमाडौं आएका अब्बासीले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको भनाई दिँदै दुई पक्षीय हितका विषयमा छलफल गरेका थिए । उहाँहरुबीच सार्क शिखर सम्मेलनलगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु