global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ रेलमार्गका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण हुँदै

रेलमार्गका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण हुँदै

रेलमार्गका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण हुँदै


कपिलवस्तु । सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ ।
माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा परिक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले बताए । पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको छ । प्राविधिक टोलीले नमूना संकलन गरेको छ । संकलित नमूनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ ।
नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ । रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ । यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ । जियो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन भइरहेको प्राविधिक रिजालले बताए ।
एक महिना अगाडि चन्द्रौटाबाट शुरु गरिएको माटो संकलन कार्यअन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमूना संकलन भइसकेको छ । वैशाखभित्र नमूना संकलनको काम पूरा हुने सो कार्यक्रममा संलग्न प्राविधिकहरु बताउँछन् । रेलमार्ग निर्माणको जिम्मा पाएको रेलवे विभागले सो कार्यलाई विभिन्न प्याकेजमा काम गर्दै आएको छ । विभागले प्याकेज–१ को बुटवल–लमही खण्डअन्तर्गत ११० किमीमा काम अगाडि बढाएको छ ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु