nmb bank

गृहपृष्ठ विवाह बन्धनमा बाँधिदै अशिष्मा

विवाह बन्धनमा बाँधिदै अशिष्मा

विवाह बन्धनमा बाँधिदै अशिष्मा

काठमाडौं । नायिका अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिने भएको छ । उनी यहि फाल्गुन २८ गते अमेरीकामा बस्ने नविन प्रधानसंग विवाह गर्ने भएको छ । उनको मागी विवाह हुने भएको अशिष्माका परिवार बताएको छ । नविनसंग केहि समयको चिनजानीमा उनको विवाह हुन लागेको कुरा बताइएको छ । नविन पेसाले चार्टर्ड अकाउन्टेन्ट हुन् ।

संगितकार मनराजा नकर्मीकी जेष्ठ सुपुत्री अशिष्मा सिने जगतमा ‘फिगर कोकाकोला’ गर्लको रुपमा परिचित रहेकी छन् । उनले केही नेपाली चलचित्र र केही नेपाल भाषाका चलचित्रमा अभिनय गरेकी छन् भने नेपाल भाषाको चलचित्र लाखे भाजुको निर्मात्रीको रुपमा काम गरेकी छन् ।

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु