global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सुधारको बाटोमा सेयर बजार, ८.७ अंकले बढ्यो

सुधारको बाटोमा सेयर बजार, ८.७ अंकले बढ्यो

सुधारको बाटोमा सेयर बजार, ८.७ अंकले बढ्यो


काठमाडौं । निकै कोलाहलपूर्ण रहेको सेयर बजार आज बजार नाटकीय रुपमा सुधारिएको छ । मङ्गलबार सेयर बजार बढ्ने र घट्ने लुकामारी चलिरहँदा अन्तिम समयमा आएर सुधारको बाटो तय गरेको हो । सेयर बजार मापकका रूपमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मङ्गलबार ८.७ अङ्क (०.६८ प्रतिशत)ले बढेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले एक विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको भनेर सेयरका खेलाडीहरुले बजारलाई प्रभावित बनाउने र राजनीतिक दबाब सिर्जना गर्ने वातावरण बनाउन थालेका थिए । तर, मङ्गलबार एकाएक बजारमा सुधार देखिएपछि सबैको बोल्ने बाटो बन्द भएको छ । आइतबार र सोमबार मात्रै दोहोरो अङ्कले बजार घट्दा करिब ५८ अर्बको पुँजी स्वाहा भएको लगानीकर्ताहरुले दाबी गर्दै आएका छन् ।
डा. खतिवडा अर्थमन्त्री नियुक्त भएको भोलिपल्ट कारोबारको मध्य समयमा साढे १८ अङ्कभन्दा बढी बढेको सेयर सूचक कारोबार बन्द हुँदा भने ५ अङ्कले मात्रै अर्थमन्त्री खतिवडालाई स्वागत गर्दै बजार १३६४.८१ अङ्कमा पुगेर रोकिएको थियो । त्यसअघि पनि बजार निरन्तर घट्ने क्रममा थियो भने त्यसपछिका तीन दिनमा निरन्तर ७७.०७ अङ्क घटेर सोमबार १२८७.७४ अङ्कमा कारोबार रोकिएको थियो । मङ्गलबार भने कारोबार सुरु हुनासाथ बजार बढेर १२९०.०३ अङ्कमा चढे पनि त्यसपछि निरन्तर घट्दै १२६७.५५ अङ्कमा झरेको थियो ।
आजको कारोबार त्यतिमै सीमित भएन, फेरि बजार बढेर १३०६.०३ अङ्कमा उक्ल्यो र फेरि बजार घटेर १२८३.७९ अङ्कमा ओर्लियो । त्यसपछि भने नेप्से परिसूचक १२९६.४४ अङ्कमा पुगेर कारोबार रोकियो । पछिल्ला कारोबारले अबका केही दिन बजार १३०० अङ्ककै वरिपरि घुम्ने सङ्केत गरेको छ । त्यसपछि भने बजार फेरि नयाँ रणनीतिसाथ अघि बढ्नेछ र पछिल्ला केही दिनका कारोबार तथा बजारमा सेयर लगानीकर्ताका मनोभावना हेर्दा नेप्से परिसूचकमा अझै नकारात्मक असर देखिने सम्भावना प्रबल छ ।
मङ्गलबार होटल र अन्य समूह परिसूचकबाहेक ८ ओटा समूह परिसूचक सकारात्मक बन्दा नेप्से सूचक हरियो बनेको हो । नेप्से परिसूचक बढेसँगै सेयर कारोबार रकम पनि सोमबारको तुलनामा मङ्गलबार बढेको छ । मङ्गलबार ५ हजार ६१६ कारोबारबाट १४ लाख ४८ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भई ४८ करोड ३९ लाख १० हजार रुपैयाँको कारोबार भएको छ । सोमबार ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु