nmb bank

गृहपृष्ठ मुआब्जा विवादले ठेउलेखोला जलविद्युत आयोजना रोकियो

मुआब्जा विवादले ठेउलेखोला जलविद्युत आयोजना रोकियो

मुआब्जा विवादले ठेउलेखोला जलविद्युत आयोजना रोकियो

बागलुङ, २२ फागुन । जग्गाको मुआब्जा विवादका कारण ठेउलेखोला जलविद्युत आयोजना निर्माणको काम अन्तिमचरणमा आएर रोकिएको छ ।

बाँधदेखि विद्युतगृहसम्मको दुई हजार ७०० मिटर पाइपलाइन अन्तर्गतको जग्गाबारे विवाद भएको छ । विवादपछि पाइपलाइन जोड्न बाँकी रहेको छ निर्माण कम्पनी बाराही हाइड्रोपावर लिमिटेडका अध्यक्ष इञ्जिनियर सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

जग्गाधनी खगेश्वर शर्माले मापदण्डभन्दा बढी मुआब्जा मागेपछि काम रोकिएको बताए । ४ रोपनी जग्गा एक करोड पाँच लाख मुआब्जा माग गरेका थिए ।

३२ रोपनी जग्गाको ९२ लाख वितरण गरिसकेको छ र एक व्यक्तिको कारण काम रोकिएको अधिकारीले बताए । सरकारी मूल्य र भएको क्षतिको मूल्यांकनका आधारमा मुआब्जा दिन तयार रहेको उनले बताए ।
निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गाको प्रतिरोपनी रु ४० हजार, बारीको रु ७० हजार र खेतको रु दुई लाख ५० हजार मुआब्जा दिने सहमति भएको थियो । सोही सहमतिअनुसार जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।

३३ करोडको लागतमा बनेको साढे एक मेगावाट क्षमताको उक्त आयोजनाले जिल्लाको एक तिहाइ विद्युत् माग धान्ने बताइएको छ ।

जैमिनी नगरपालिका– १ र कुश्मीसेरा– ४ सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई दुई हजार ७०० मिटरको पेनस्टक पाइपमार्फत् वडा नं– ५ विनामारेस्थित विद्युत्गृहमा पु¥याइएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीको समेत १० प्रतिशत संस्थागत शेयर रहेको छ ।
रासस

प्रकाशित समय : ००:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु