गृहपृष्ठ वन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान: एक वर्षभित्र काठमा आत्मनिर्भर
वन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदान: एक वर्षभित्र काठमा आत्मनिर्भर

काठमाडौं । सरकार वन क्षेत्रलाई मुलुकको समृद्धिको सहयात्री बनाउने गरी काम गर्ने भएको छ । सरकारले वैज्ञानिक वन व्यवस्थापनको प्रविधिलाई मुलुकभर लागू गर्दै मुलुकलाई एक वर्षमा काठमा आत्मनिर्भर बनाउने उद्घोष गरेको छ ।
वनबाट दीर्घकालिन लाभ र संरक्षणका लागि वैज्ञानिक वन ब्यवस्थापन नेपालको लागि उपयुक्त प्रविधि भएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए । नेपालको धनका रुपमा रहेको वनलाई वैज्ञानिक वन ब्यवस्थापन गर्न सके यसले पुस्तासम्मलाई टेवा दिने समेत उनको दावी छ । वन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने गरी आफूले काम गर्न लागेको उनको दावी छ ।
सरकारले व्यवस्थापन गर्दै आएको राष्ट्रिय वन तथा नीति क्षेत्रसंको साझेदारीमा संरक्षण गरिँदै आएको साझेदारी वन क्षेत्रमा मात्रै वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम सञ्चालन हुँदै आएको छ । केही वैज्ञानिक वन व्यवस्थापनको विषयमा बुझाइको कमी भएको मन्त्री बस्नेत बताउँछन् ।
वैज्ञानिक वन व्यगस्थापनको विषयमा स्थानिय बासिन्दाहरुलाई तालिम र उत्प्रेरणाका कार्यक्रमहरुमार्फत जनचेतना जगाउने कार्यक्रम गर्नु आवश्यक देखिएको छ । उत्पादन नदिन बुढो रुखहरु काटेर नया रुखका विरुवालाई संरक्षण गर्ने दीर्घकालिन योजना वैज्ञानिक वन ब्यवस्थापनको पाटो भएको भन्दै यसबाट उपभोक्ताले निरन्तर लामो समयसम्म प्रतिफल पाउन सक्ने समेत उनले बताए ।
बैज्ञानिक वन व्यवस्थापनले बाली चक्रको आधारमा उपभोक्तालाई उत्पादन दिनुका साथै नया पुस्तालाई समेत नया वन दिने प्रविधि हो । ८ वर्षको रुख कटान गरेर विरुवा रोपेको ८० वर्षपछिमात्रै कटान गर्ने गरीन्छ ।
स्थानियको जीविर्कोपार्जनका लागि समेत गरिबि निवारणका कार्यक्रमहरु संचालन गरेर वैज्ञानिक वन व्यवस्थापनको काममा लाग्नुपर्ने अवस्थामा रहेको वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली बताउँछन् । ‘परिक्षणका रुपमा गरिएको अभ्यासहरुले हामीलाई यो प्रविधि उपयुक्त प्रविधि लागेको हो,’ उनले भने, यो प्रविधिमा रुख कटानपछिको पुर्नउत्पादन राम्रो रहेको पाइयो भने बुढा रुख कटानले काठको मागलाई पूरा गरेको छ ।’
वार्षिक कार्यक्रम अन्तरगत वर्षभरि नै विविध कार्यक्रमहरु गरि वन संरक्षणका अभियान हुनेछन् । समुंह सदस्यहरुलाई तालिमहरु आयोजना गर्नुको साथै वैज्ञानिक वन ब्यवस्थापनको पहिलो चरणको कार्यक्रमले सकारात्मक सन्देश दिएकोले पनि यो प्रविधि राम्रो भएको उनको बुझाई छ । जसअन्तरगतको १० वर्षे बालीचक्रमा रहेर उत्पादन नदिने बुढो रुखहरु कटान गर्ने गरिन्छ ।
प्रकाशित समय : १८:१४ बजे



















