global ime bank Long Banner Ad

गृहपृष्ठ बझाङको पहिरो अझै नियन्णबाहिर

बझाङको पहिरो अझै नियन्णबाहिर

बझाङको पहिरो अझै नियन्णबाहिर


बझाङ । अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले अबरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार परेको वर्षाले राजमार्गका ठाउँठाउँमा पहिरो गएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंबाट चैनपुरतर्फ गएका यात्रुवाहक बस झोता बजारमा पुगेर बसेका छन् । चैनपुरबाट कैलाली, महेन्द्रनगर, काठमाडौं र डडेल्धुराका लागी छुटेका सवारी साधन भने भाँडे बजारमा रोकिएका छन् ।
सडक अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सडक खुलाउने काम भइरहेको बताइएको छ । आज बेलुकासम्म सवारी साधन सञ्चालनमा आउन सक्ने प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए । ठाउँठाउँमा ठूलाठूला पहिरो गएका कारण सडक खुलाउन केही समय लाग्ने उनको भनाई छ ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु