काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज पत्रकारीता दिवसः विविध कार्यक्रम गरेर मनाइदै

13.13K
shares

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ । तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गरेको छ । सरकारले यो वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ईमेज च्यानलका समाचार प्रमुख डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई प्रदान गरेको छ । डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् । यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस २०७५ का अवसरमा आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् । पुरस्कारको राशी जनही दुई लाख रुपैँया रहेको छ ।