global ime bank Long Banner Ad

गृहपृष्ठ ४० कम्पनीलाई २५ करोड भन्दा बढी कर बुझाउन १५ दिनको समय

४० कम्पनीलाई २५ करोड भन्दा बढी कर बुझाउन १५ दिनको समय

४० कम्पनीलाई २५ करोड भन्दा बढी कर बुझाउन १५ दिनको समय

काठमाडौं । आन्तरिक राजस्व विभाग कर सेवादाता कार्यालय कलंकीले २५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई १५ दिनको समयअवधि दिएको छ । कर बुझाउन बारम्बार टेलिफोन सम्पर्क र पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नआउ“दा अल्टिमेटम दिनु परेको कर सेवादाता कार्यालयले बताएको छ ।
४० कम्पनीले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर बुझाउन अटेर गरेको छ । तोकिएको समयमा कर बुझाउन नआए मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा आयकर ऐन २०५८ को दफा १०३ बमोजिम कानूनी प्रक्रिया अघि बढ्नेछ ।
सबैभन्दा धेरै कर नतिर्ने नविनलाल श्रेष्ठले संचालन गरेको मकवाना विस्कुट प्रालीले १ करोड २२ लाख ४३ हजार ९ सय २५ रहेको छ । यसैगरी कर नतिर्ने कम्पनीहरुमा सुनगाभा इटा उद्योग, विरेन्द्र मोटर पार्टस लगायत ४० कम्पनी रहेका छन् ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु