nmb bank

गृहपृष्ठ व्यवसायीले २० वर्षे सवारी हटाउने सरकारी योजना नमान्ने

व्यवसायीले २० वर्षे सवारी हटाउने सरकारी योजना नमान्ने

व्यवसायीले २० वर्षे सवारी हटाउने सरकारी योजना नमान्ने

काठमाडौं  । आउँदो चैत १ गतेबाट सरकारले २० वर्ष पुराना सवारी साधन हटाउने योजना व्यवसायीले नमान्ने भएको छ । छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले हचुवाको भरमा तथा प्राविधिक रुपमा अवैज्ञानिक ढंगले निर्णय गरेको भन्दै त्यसको कार्यान्वयन हुन नसक्ने महासंघले बताए ।
‘महासंघका महासचिव सरोज सिटौलाले सरकारले फलामको आयु तोकेर पुराना सवारी हटाउने गरेको निर्णय कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताए ।
सिटौलाले प्रदुषण र दुर्घटनाको प्रमूख कारण पुराना सवारी नै हो भनी ठहर गर्नु अवैज्ञानिक भएको सडकको आयु निर्धारण हुन नसकेको देशमा उक्त निर्णय सिमित कर्मचारीको व्यक्तिगत स्वार्थ पुरा गर्न गरिएको भन्दै त्यसले ५० प्रतिशत स्वरोजगार यातायात मजदुर तथा अर्बौं लगानी गरेका यातायात व्यवसायीको पक्षमा नभएको बताए ।
‘५० प्रतिशत स्वरोजगार मजदुरको रोजगारी खोस्ने र व्यवसायीको अर्बौं लगानी डुबाउने अपरिपक्क निर्णय सरकारी कर्मचारीले गराएका छन्। यस्तो खालको निर्णय नमान्ने सिटौलाले बताए ।
देशभर करिब ८ हजारको संख्यामा २० वर्ष पुराना सार्वजनिक सवारी रहेको भन्दै ती सबै काम नै नलाग्ने अवस्थामा नरहेको बताए । र अवस्था हेरी कस्ता सडकमा गुडाउने र चलाउन योग्य तथा सो अवधि नपुगेका समेत चलाउन अयोग्य देखिएमा क्षतीपूर्तिसहित हटाउनु पर्नेमा र सरकारले आफ्नो निर्णय पुर्नविचार गर्नुपर्ने बताए ।
यातायात क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको सरकारी निकाय यातायात व्यवस्था विभागले २० वर्ष पुगेका सवारी १ गतेबाट सडकमा गुडेको पाइएमा जफत तथा कारबाही गरिने बताएको छ।
‘मन्त्रीपरिषदले गत वर्ष नै निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन गर्नमा प्रतिवद्ध रहेको कसैले अटेर गरेमा सवारी चलाएमा भने जफत गरिने, विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । पटक ¬पटक मिति थपिँदा पनि व्यवसायीले अटेर गरेकाले यसपाली योजना कार्यान्वयन गर्ने बताए ।
मन्त्रिपरिषदको २०७२ चैत्र १ गते बसेको बैठकले पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरु २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने निर्णय गरेको थियो।
समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनितिक कार्ययोजना बनाई २० वर्ष नाघेका सवारी हटाउने निर्णय गरेको हो।
व्यवसायीहरुले करिब ८ हजारको संख्यामा देशभर २० वर्ष पुराना सवारी साधन गुडीरहेको बताए पनि विभागको तथ्यांकमा भने करिब ६ हजार छन्।
२० वर्ष पुराना सार्वजनिक यातायात विस्थापित गरे पनि ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने बताए । ट्याक्सी र विद्युतीय सवारी साधन भने ३० वर्षसम्म चल्न पाउने विभागले जनाएको छ।

प्रकाशित समय : १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु