काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवलमा शेयर कारोबार फष्टाउँदै

25.01K
shares


रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालयका प्रमुख टेकराज भट्टराइले जानकारी दिए ।
‘हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम गर्यौं,’ उनले भने । शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा शेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।
भट्टराईले शेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको शेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताए । ‘सुधारको अवस्थामा रहेको अहिलेको शेयर बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ,’ उनले भने ।
भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै शेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताए । ‘बैंकको ब्याज दर र बैकिङ तरलताले शेयर बजार प्रभावित भएको अनुमान गर्दै नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेका छौं,’ उनले भने ।
बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकरसहित दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, लिन्च सेक्युरिटिज ४१ नं, एसियन सेक्युरिटी २६ नं मिडास सेक्युरिटिजी २२ ब्रोकर कार्यालयले पनि शेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् ।
आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर कार्यालय, बुटवलका अनुसार यो साता चार दिनको अवधिमा रु एक करोड ६८ लाख ३७ हजार २०० बराबरको शेयर कारोबार भएको छ भने गत साता रु एक करोड १० लाख ६२ हजार ३५६ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली ३३ नं, ब्रोकर कार्यालयका प्रमुख शंकर अधिकारीले यो साता चार दिनमात्रै रु ५२ लाख २९ हजार १५८ बराबरको शेयर कारोबार भएको जानकारी दिनुभयो । गत साता सो कार्यालयले रु ३३ लाख ३४ हजार ८२४ बराबरको शेयर कारोबार गरेको थियो ।
विसं २०७३ चैत १२ गतेदेखि बुटवलमा ब्रोकर कार्यालय स्थापना भएका थिए । ब्रोकर कार्यालय स्थापनापछि शेयर खरिद तथा बिक्रीका लागि हितग्राही (डिम्याट) खाता खोल्नेको संख्या पनि बढेको बताइएको छ ।