गृहपृष्ठ १२ गाडी फोहोर संकलन
१२ गाडी फोहोर संकलन

भक्तपुर । भक्तपुरको हनुमन्ते नदी सफाइ अभियानको आज दोस्रो हप्ता सयौंको सहभागितामा १२ गाडी फोहोर संकलन गरिएको छ ।
राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीबाट अभियानको आज भएको सरसफाइमा प्रदेशसभा सदस्य, विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, आमनागरिक, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय सरोकारवालाको उल्लासमय सहभागितामा हनुमन्ते सफाइ गरिएको थियो ।
हनुमन्ते नदी सरसफाइ अभियान १०० हप्ता सञ्चालन गर्ने र यो समयावधिमा नदीलाई स्वच्छ र हराभरा बनाइने अभियन्ताले जानकारी दिएका छन् ।
त्यसैगरी हनुमन्ते खोलाको मुहानको रुपमा लिइने चाँगुनारायण नगरपालिका मुहान पोखरी क्षेत्रको पनि सरसफाइ गरिएको छ । चाँगुनारायण वडास्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले हनुमन्तेको सफाइ अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रममा मुहान पोखरी क्षेत्रको सरसफाइ गरिएको गैससका भक्तपुर अध्यक्ष सोम शर्मा बजगाईंले जानकारी दिए ।
रासस
प्रकाशित समय : ०२:५९ बजे