काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उत्तर कोरियाले अाणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्ने

14.57K
shares

सोल- दक्षिण कोरियाका आठजना पत्रकार समाचार सङ्कलनको लागि बुधबार दक्षिण कोरिया जान लागेका छन् । उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया जान लागेको बताएका छन् ।
अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि नै आमन्त्रण गरेको जनाइएको छ । हाल सोलमा जारी रहेको भनिएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि पछिल्लो समयमा आएर ठप्प भएका छन् ।
दक्षिण कोरियाको सरकारका प्रवक्ताले दिएको जानकारी अनुसार ती आठजना पत्रकार उत्तर कोरिया सरकारको आमन्त्रणमा त्यहाँ जान लागेका हुन् । उनीहरु बुधबारै मध्यमन्ह त्यसतर्फ जानेछन् । प्राप्त समाचारअनुसार ती पत्रकारले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएको आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी सो नष्ट गरिएको पक्रियाको बारेमा समाचार संकलन र सम्प्रेषण गर्नेछन् ।
यो प्रक्रियाको समाचार सङ्कलनका लागि दक्षिण कोरियाली पत्रकारलाई आफ्नो देशमा अनुमति रहेको कुरा उत्तर कोरियाले अन्तिम समयमा आएर बताएको थियो । यसअघि उसले उक्त आणविक उत्पादन नष्ट गरिने प्रक्रियाको समाचार सङ्कलनका लागि गत महिना नै उनीहरुलाई आमन्त्रण गरेको थियो । त्यसैगरी उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार सङ्कलन र सम्प्रेषणको लागि बोलाएको छ । तर ती देशबाट के कति पत्रकार त्यहाँ जाँदैछन् भन्ने बारेमा भने केही बताइएको छैन । तर सोलबाट प्राप्त समाचारमा ती पत्रकार बुधबार नै प्योङ्याङ् पुग्नेछन् ।
गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो । यसरी नष्ट गर्ने प्रक्रियालाई पारदर्शी बनाउने र ती नष्टगर्ने कार्यक्रममा विदेशी पत्रकारलाई पनि बोलाइने सार्वजनिक जानकारी उत्तर कोरियाले गत महिनामात्र सार्वजनिक गरेको थियो । दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ । तर पछिल्ला केही दिनयता उत्तर कोरियाले सोलमा जारी सैन्य अभ्यास नरोक्ने हो भने अमेरिकासँग पनि वार्तामा नबस्ने बताएको थियो । को यो चेतावनीपछि अमेरिकाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन । अमेरिकाले भने आफ्नोतर्फबाट उक्त वार्ताको तयारी गरिरहेको जानकारी दिएको छ । उत्तर कोरियाले यी आणविक उत्पादन तथा परीक्षणस्थल नष्ट गर्न लागेको कार्यको विश्वव्यापीरुपमा सकारात्मक काम भनी प्रसंशा गरिएको बताइएको छ ।