राजधानीकै पेट्रोलपम्पबाट तेल ठगी रोकिएन
वि.सं.२०७५ जेठ १४ सोमवार १७:१७
shares

काठमाडौं– राजधानीकै अधिकांश पेट्रोलपम्पले कम तेल बिक्री गर्दै उपभोक्तालाई ठगी गरेको पाइएको छ । उद्योग मन्त्रालय, नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले सोमबार (आज) बिहानदेखि गरेको अनुगमनका क्रममा पेट्रोलपम्पहरूले उपभोक्ता ठग्ने गरेको पाइएको हो ।
पेट्रेलियम पदार्थको बिक्रीमा ठगी भइरहेको गुनासो बढेपछि अनुगमन विभागले जनाएको छ । विभागले मापदण्डभन्दा कम तेल बिक्री गर्ने दुर्इवटा पेट्रोल पम्पमा ताला लगाएको छ । एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरविरुद्ध ठगी मुद्दा दायर गरिने नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । प्रशान्तिले प्रति १० लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति १० लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो । अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन दिइएको विभागले जनाएको छ ।

























