काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढुंगेललार्इ माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित

11.38K
shares

काठमाडाैं– कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेललार्इ माफी दिने निर्णय मन्त्रिपरिषदबाट पारित भएको छ । ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको निष्कर्षसहितको गृह मन्त्रालयको सिफारिसलार्इ आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । ढुंगेलसहित ८४० कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

ढुंगेललार्इ माफी दिने या नदिने भन्नेबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेशी आजका लागि न्यायाधीशद्वय मिरा खड्का र टंकबहादुर मोक्तानको इजलाशमा तोकिएको छ ।