Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

कर्णालीका सडक मृत्युमार्ग होइनन् : भण्डारी

न्युज कारोबार काठमाडौं असार २, २०७५       

कर्णालीका सडक मृत्युमार्ग होइनन् : भण्डारी
कर्णालीका सडक मृत्युमार्ग नभई जीवन प्रदायक भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले शुक्रबार भेरीगंगा नगरपालिका छिन्चुमा आयोजना गरेको प्रदेशस्तरीय एक दिवासीय ट्राफिक प्रहरी सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘कर्णालीको बाटोलाई धेरै सवारीसाधन दुर्घटना हुने भन्दै मृत्यृमार्गको संज्ञा दिइए पनि यी सडक मृत्युमार्ग होइनन्, जीवन प्रदायक हुन्,’ उनले भने । प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेशका विभिन्न पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको संख्याले पनी कर्णाली सडक सुरक्षित भएको संकेत गर्ने मन्त्री भण्डारीको भनाइ छ । सवारी साधन दुर्घटनामा चालक र ट्राफिक प्रहरीमात्रै दोषी नभएर सडक प्रयोगकर्ता पनि उत्तिकै जिम्मेवार हुने उनले बताए । ‘सडक दुर्घटना कम गर्न प्रहरीको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘तर, दुर्घटनाको दोष ट्राफिक प्रहरीलाई मात्रै दिने प्रवृत्ति राम्रो होइन, एकपटक हामी सबै प्रहरी बन्न आवश्यक छ ।’

सम्बन्धित खबरहरु