काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बजेट सनातन शैलीबाट माथि उठ्न सकेन : पर्यटन व्यवसायी

13.88K
shares

रघुनाथ बजगाईं
काठमाडौं– पर्यटन व्यवसायीले सरकारले भर्खरै ल्याएको वार्षिक बजेट सनातन शैलीबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेश धमलाले २०७५/७६ को वार्षिक बजेटले आफूहरुलाई उत्साहित बनाउन नसकेको बताए । ‘पर्यटन क्षेत्रमा अपेक्षा गरेअनुसारको बजेट आउन सकेन,’ उनले भने, ‘पर्यटक बढाउनका लागि बजेट र पूर्वाधार निर्माणलाई कम महत्व दिइएको छ ।’
वजेटमा नेपाल पर्यटन वर्ष २०२० कार्यक्रम ल्याइएको छ । हवाई क्षेत्रको विकास र प्रवर्धन गर्नेसम्बन्धी योजना छ तर यसका आधारमा मात्रै यो बजेट उल्लेखनीय रह्यो भन्न नमिल्ने व्यवसायीको गुनासो छ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउनका लागि पर्यटकमैत्री पूर्वाधार विकास गर्ने योजना वार्षिक बजेटमा समेटेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो पदबहालीका क्रममा सो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सुनाएका थिए । तर, बजेटमा भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । सरकारले सो अभियानलाई नेपाल भ्रमण वर्ष २०२० मनाउने लक्ष्य राखेको हो । यसअघि, सन् १९९८ मा समेत नेपाल भ्रमण वर्षका रुपमा मनाएको थियो । विभिन्न प्रवर्धनात्मक अभियानका कारण सन् २०१७ मा १० लाख हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सीमित समयको पर्यटनलाई बाह्रै महिना सञ्चालन हुने गरी आवश्यक व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।
भारत र चीनलक्षित पर्यटन प्रवर्धनको कामलाई तीव्रता दिने लक्ष्य राखिएको छ । तर, टानका पूर्वअध्यक्ष धमला यसपटकको बजेटले पर्यटन क्षेत्रको मूलभूत आवश्यकतालाई नै पहिचान गर्न नसकेको टिप्पणी गर्छन् । ‘पर्यटन प्रवर्धन र विकासका लागि हाम्रो मुलुकसँग छिमेकी मुलुक चीन र भारत तथा तेस्रो विश्वका देशको कनेक्टिभिटी कनेक्सन कसरी गराउने र त्यसको क्षमता वृद्धि कसरी गर्ने भन्ने विषयमा डिटेलमा प्रोजेक्ट प्लानिङ गरेर आउनुपर्ने थियो,’ धमलाले भने, ‘तर आउन सकेन ।’ हवाई क्षेत्रकोे लगानी पनि निराशाजनक रहेको उनले बताए । ‘उत्पादन वृद्धिका लागि नयाँ डेस्टिनेसनहरुको पहिचान र प्रोमोसनका लागि जुन किसिमको बजेट दिइनुपथ्र्यो, त्यो पनि हुन सकेन,’ धमलाले भने ।
सरकारले हवाई क्षेत्रको विकासका लागि १९ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसमा निजगढ विमानस्थलको निर्माण प्रक्रिया सुरु गर्नेदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई शीघ्र सम्पन्न गरी अगाडि बढाउने लक्ष्य राखिएको छ ।
यस्तै, बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा आन्तरिक विमानस्थलको स्तारोन्नति गर्ने लक्ष्य राखिएको छ । सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्यसमेत बजेटले राखेको छ । मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय बनाउन उच्चतम् प्रविधिको प्रयोग र प्राविधिक जनशक्तिको विकास गर्ने भनिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालन गर्ने योजना छ । विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरी छिमेकी मुलुकसम्म उडान सुरु गर्ने पनि बजेटमा उल्लेख छ ।
आन्तरिक विमानस्थल निर्माणलाई तीव्रता दिने र दाङमा वैकल्पिक विमानस्थल निर्माण सुरु गर्ने सरकारको लक्ष्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यवस्थित गर्न काभ्रेमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने भनिएको छ । त्यस्तै बजेटमा आन्तरिक विमानस्थल विस्तार सम्बन्धमा गुरुयोजना तयार पार्ने उल्लेख छ । विपद् प्रभावित पर्यटक तथा अन्य व्यक्तिलाई आपत्कालीन उद्धार गर्न हेलिप्याड नपुगेका सबै स्थानीय तहमा स्थानीय तहले उपलब्ध गराउने जग्गामा हेलिप्याड निर्माण गर्ने लक्ष्य राखिएको छ ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य एवं पर्यटन व्यवसायी दीपक महतले कार्यान्वयनमा सरकारले कति इच्छाशक्ति देखाउँछ सोही आधारमा बजेटको मूल्यांकन गर्न सकिने बताए । ‘केही योजना सकारात्मक छन्, तर कार्यान्वयनलाई पर्खनैपर्छ,’ उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बजेटमा उल्लेख गरिएका प्राथमिकतालाई कार्यान्वयन गर्न मन्त्रालयले हरसम्भव प्रयास गर्ने बताए । ‘पूर्वाधार विकासको कामलाई तीव्रताका साथ अगाडि बढाउँदै भारत र चीन केन्द्रित पर्यटन प्रवद्र्धनमा विशेष जोड दिइनेछ,’ उनले भने ।