global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ लगानीकाे वातावरण छ, विश्वास छैन : सेज

लगानीकाे वातावरण छ, विश्वास छैन : सेज

लगानीकाे वातावरण छ, विश्वास छैन : सेज

विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजले नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको बताएको छ । नेपालमा उद्योग क्षेत्रमा सबै कोणबाट लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको सेजले जनाएको हो ।

लगानीका लागि उपयुक्त वातावरण भए पनि पुँजी, प्रविधि, विश्वास र वैदेशिक रोजगारी त्यसको मुख्य बाधकका रुपमा रहेको उसको ठम्याई छ ।

आइतबार काठमाडौंमा विशेष आर्थिक क्षेत्र (सेज), नेपाल आर्थिक पत्रकार समाज (सेजन) र युके एडको संयुक्त कार्यक्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक चण्डिका भट्टले कार्यपत्रमार्फत् यस्तो निस्कर्ष प्रस्तुत गरेका हुन् ।

‘सरकारले उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाइरहे पनि निजि क्षेत्र लगानीका लागि उत्साहित हुन सकिरहेका छैनन् । विदेशी लगानीकर्ता समेत अपेक्षित रुपमा आकर्षित हुन भएका छैनन् ।’ कार्यकारी निर्देशक भट्टद्वारा प्रस्तुत कार्यपत्रमा भनिएको छ, ‘विगतमा १८ घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता थियो, अहिले त्यो अवस्था रहेन । दुई दशक भन्दा लामो समय आन्तरिक द्वन्द्व र दैनिक जसो बन्द हड्ताल भइरहन्थे, त्यो अवस्था पनि रहेन ।’

मुलुक राजनीतिक स्थिरताको दिशातर्फ अग्रसर भएकाले लगानीमैत्री वातावरणको सिर्जना भएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ । अहिले सबै दल तथा राज्यको मुख्य लक्ष्य आर्थिक समृद्धी बनेको छ । यति हुँदाहुँदै पनि औधेगिक क्षेत्रमा अपेक्षित लगानी किन आउन सकिरहेको छैन ? कार्यपत्रमा यसको कारणसमेत केलाइएको छ । ‘सरकारी, गैरसरकारी र निजी क्षेत्रका बिचमा समन्वयको अभाव छ । लगानी गर्ने र गर्न प्रेरित गर्ने निकायहरुका बीचमा विश्वासको कमी छ’, कार्यपत्रमा भनिएको छ ।

सोही कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी प्रवर्धनका लागि सरकारले अपनाएको मोडलमा समयानुकुल परिवर्तन आवश्यक रहेको बताए । ‘लगानी प्रवद्र्धनका लागि सरकारी प्रक्रिया निक्कै ढिलो हुने गरेको छ ।’ अधिकारीले भने, ‘त्यसमा नीजि क्षेत्रलाई सहभागी पनि गराइएको छैन वा प्रोत्साहन गर्ने कार्यक्रमको अभाव छ ।’

उनले लगानीको मोडालिटिका सम्वन्धमा थप चिन्तन गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको अवस्थामा जग्गा खरिद गरेर व्यावसाय गर्न निक्कै गाह्रो हुने वातावरण छ, सरकारले उद्योगीलाई भाडामा जग्गा उपलब्ध गराएर व्यावसाय सञ्चालन गर्न दिनेगरि योजना ल्याउनुपर्छ ।’

नयाँ नयाँ प्रविधि र पुँजीको खोजी, व्यवस्थापन र परिचालनमा स्पष्ट योजना बनाउनुपर्नेमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्माले जोड दिए । ‘हामीसँग स्पष्ट खाका तथा योजना हुनुपर्याे त्यसपछि लगानीकर्ताहरु आर्कषित हुन्छन्’, शर्माले भने, ‘तिम्रा योजना कस्ता छन् लगानी गर्न आउँछु भनेर आउने अवस्था विश्वमै छैन, नेपाल त झन हुने कुरै भएन ।’  नेपालमा लगानी गर्न चाहने देशभित्र र बाहिर ठूलो संख्या रहेको भन्दै उनले सरकारले लगानी सुरक्षित रहेको शन्देश दिन सक्नुपर्नेमा जोड दिए ।

उद्योगीलाई मागेजति विजुली : घिसिङ

सोही कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगिहरुलाई आवश्यक विजुली दिन सकिने बताएका छन् । कार्यकारी निर्देशक घिसिङले उद्योगहरु नियमित रुपमा संचालन गर्न आवश्यक विद्युत उपलब्ध गराउन सरकार सक्षम भइसकेको बताएका हुन् ।

‘मुलुकको आर्थिक समृद्धिका लागि उद्योग सञ्चालनमा आउनुपर्छ, त्यसले रोजगारी सिर्जना गर्छ, उत्पादकत्व बढाउँछ ।’ घिसिङले भने, ‘विगतजस्तो विजुली अभावमा अब उद्योगहरु बन्द गर्नुपर्ने स्थिति झेल्नुपर्दैन ।’

उनका अनुसार प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्ति गर्न उच्च क्षमताको प्रशारण लाइन बनाउने काम अन्तिम चरणमा पुर्याएको छ । सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा आपूर्ति गर्दै आएको भन्दा डबल सर्किट प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत दिने उनको भनाइ छ । घिसिङले मागेजति विजुली दिन प्राधिकरण सक्षम रहेको बताए लगत्तै उद्योगीहरुले उनको अभिव्यक्तिको स्वागत गरे ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले ऐन÷कानुन तथा नियमावलीमा अस्पष्टता भए सच्याएर अगाडी बढ्न सरकार तयार रहेको भन्दै लागी गर्न नीजि क्षेत्रलाई आह्वान गरे । त्यस्तै नेपाल उद्योग परीसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले उद्योगमैत्री वातावरण बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए । उनले प्राधिकरणमा घिसिङले गरेका राम्रा कामको प्रशंसा पनि गरे ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु