global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ५० दिनसम्म ‘नो निगेटिभ न्युज’

५० दिनसम्म ‘नो निगेटिभ न्युज’

५० दिनसम्म ‘नो निगेटिभ न्युज’

रुसी सञ्चारमाध्यममा विश्वकप फुटबल सञ्चालन भएको अबधिभर आपराधिक समाचार सुन्न र पठढ्न नपाइने भएको छ । रुसी सरकारले ५० दिनसम्म अपराधसँग जोडिएका समाचार प्रकाशित÷प्रशारित नगर्न सञ्चार माध्यमहरुलाई आदेश दिएको छ ।

रुसको आन्तरिक मन्त्रालयले प्रहरीलाई २५ जुलाईसम्म कोही अपराधी पक्राउ या विवाद समाधानको खबर सञ्चार माध्यमलाई नदिनका लागि प्रहरीलाई आदेश दिएको छ । यो आदेशसँगै विश्वकप अवधिभर रुसमा सकारात्मक समाचार मात्र प्रवाहित हुने भएका छन् । यस कदमका माध्यमबाट रुस अपराधमुक्त छवि प्रवाहित गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुका अनुसार जुन ६ पछि कोही अपराधी पक्राउ परेको या विवाद समाधान भएको समाचार रुसी सञ्चारमाध्यममा आएका छैनन् । यतिमात्र नभई अपराधसँग जोडिएका खोजी अभियान तथा सुरक्षा प्रबन्धका समाचार समेत सञ्चारमाध्यममा आएका छैनन् ।

मिसाइल लन्चरको सुरक्षामा सेन्ट पिटसबर्ग

रुसले आतंकवादीको हमलाबाट सुरक्षाका लागि सेन्ट पिटसबर्गमा रहेको रंगशालाको आसपास मिसाइल लन्चर र एन्टी ड्रोन जामर लगाएको छ । विश्वकप अबधिभरका लागि रुसले सुरक्षा व्यवस्था कडा बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित समय : २३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु