काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अन्तिम श्रद्धाञ्जलीका लागि डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा

11.74K
shares

दिवंगत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली लागि न्युरो अस्पताल बाँसबारीमा राखिएको छ । डा. देवकोटालाई श्रद्धाञ्जली दिन नेता, सहकर्मी, र सार्वसाधारणको बाक्लो उपस्थिति छ । देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराईलगायत अस्पताल पुगेका छन् । उनलार्इ ढाकाटोपी, दौरा सुरूवाल र कोट लगाइदिइएको छ । परिवारका सदस्यहरुका अनुसार डा। देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।