काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस जिल्ला सभापतिहरुको भेला सुरु, शीर्ष नेताले सम्बोधन गर्दै

6.57K
shares

नेपाली कांग्रेसका शीर्ष नेताहरु हेटौंडामा जम्मा भएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सहभागी हुन नेताहरु मकवानपुरको हेटौंडा पुगेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतका नेता हेटौंडामा छन् ।
भोलिदेखि असार ७ गतेसम्म चल्ने भेलामा पार्टीको विधान संशोधनका विषयमा छलफल हुनेछ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भावी रणनीति तय गर्न जिल्ला सभापतिको भेला बोलाइएको जानकारी दिए । तर, अहिलेसम्म भेलामा छलफल गर्ने तथा विधानको मस्यौदा कसरी तय गर्ने भन्नेमा समेत नेतृत्व पंक्ति एकमत नरहेको कांग्रेस स्रोतले जनाएको छ ।
संघीयताबमोजिम पार्टी संरचना बनाउन पनि विधान संशोधन गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ । फोरम लोकतान्त्रिकसँगको एकता र पदका आकांक्षीहरुको व्यवस्थापनका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेल दुबै समूह विधान संशोधनको पक्षमा छन् । भेलामा गएको निर्वाचनको पनि समीक्षा हुने प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले न्युज कारोबारलाई बताए ।