गृहपृष्ठ पुरुषभन्दा महिला किन समझदार हुन्छन् ?
पुरुषभन्दा महिला किन समझदार हुन्छन् ?
ट्राफिक प्रहरीहरू अनुभव सुनाउछन् पुरुषको तुलनामा महिला चालकहरु बढी जिम्मेवारीपूर्वक ‘ड्राइभ’ गर्छन् ।
पुरुषहरु बढी सक्रिय हुन्छन् भन्ने हामी सबैको मान्यता छ, तर तुलनात्मक रुपमा महिला बढी सक्रिय हुन्छन् । तर, महिलामा एक साथ धेरै कार्य गर्न सक्ने क्षमता हुन्छ, जसका कारण आफ्नो जिम्मेवारी पूरा गर्न उनीहरु सक्षम हुन्छन् ।
पुरुषको तुलनामा महिलामा अरु व्यक्तिको प्रतिभा बुझ्ने क्षमता बढी हुन्छ र सोही अनुरुप उक्त व्यक्तिसँग व्यवहार गर्छन् । महिलाहरुको ज्यादा सक्रिय रहने स्वभाव हुन्छ भने उनीहरु सम्बन्धलाई उच्च महत्व दिन्छन् ।
महिलाहरुमा तुरुन्त नभई सामुन्नेमा रहेको व्यक्तिको कुरा सुनेर प्रतिक्रिया जनाउँछन् । अर्कातर्फ महिलाहरु स्वभाबैले विनम्र हुन्छन् जसका कारण उनीहरु अरुको कमजोरी र सक्षमता पत्ता लगाउन सक्छन् । यो एक योग्य ‘लिडर’मा हुनुपर्ने गुण हो ।
प्रकाशित समय : २३:२० बजे




















