गृहपृष्ठ डिएगो कोस्टा नायक बन्दा स्पेनको सम्भावना बलियो

डिएगो कोस्टा नायक बन्दा स्पेनको सम्भावना बलियो

डिएगो कोस्टा नायक बन्दा स्पेनको सम्भावना बलियो

विश्वकफ फुटबलको समूह बीअन्तर्गत पहिलो जित दर्ता गराएको स्पेनले दास्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो पारेको छ । कजानस्थित कजान एरिनामा गएराति स्पेनले इरानविरुद्ध संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो ।

निकै प्रतिस्पर्धात्मक खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । तर, ५४ औँ मिनेटमा डिएगो कोस्टाले गोल गरेर स्पेनको जित सुनिश्चित गराए । उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् । सन् २००६ को विश्व कप पछि लगातार दुई खेलमा गोल गर्ने कोस्टा पहिलो स्पेनिस खेलाडी बनेका छन् । त्यति बेला फर्नान्डो टोरेसले दुई खेलमा लगातार गोल गरेका थिए ।
इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले जाली चुमाएपनि रेफ्रीले भिएआरको सहयोगपछि त्यसलाई मान्यता नदिएका हुन् । इजातोलाहीले हेड गर्नुअघि सरदारले अजमोउनले बल ह्यान्ड गरेका थिए भने सहायक रेफ्रीले अफसाइडका लागि झण्डा उठाएको भिएआरमा देखिएको थियो ।

समूह चरणको आफ्नो पहिलो खेलमा बराबरी खेलेको स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपछि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्पेनले पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेल्दै बराबरी गरेको थियो । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो । अब दुबै टोलीको ४–४ अंक भएको छ ।

मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु