global ime bank Long Banner Ad

गृहपृष्ठ प्रादेशिक संरचनामा लोकसेवा आयोग

प्रादेशिक संरचनामा लोकसेवा आयोग

प्रादेशिक संरचनामा लोकसेवा आयोग

काठमाडौं– लोकसेवा आयोगले आफ्नो संगठनलाई सातै प्रदेशमा व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । झण्डै एक वर्ष लामो गृहकार्य पश्चात प्राप्त सुझाव तथा समन्वयका आधारमा उक्त रणनीतिक योजना तयार पारिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

आफ्नो ६८ औं वार्षिकोत्सवको तयारीमा रहेको आयोगले वार्षिकोत्सवको अवसर पारेर उक्त सूचना सार्वजनिक गर्ने तयारी गरेको सुवेदीले जानकारी दिए । योजनामा संघीय परिवेशमा आयोगको विश्वसनीयतालार्य कायम राख्ने, योग्यता प्रणाली (मेरिट सिस्टम) निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायतका विषय योजनामा समावेश गरिएको छ ।

प्रकाशित समय : ००:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु