global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले भन्यो, ‘मुडभेडको राजनीति अन्त्य गरौं’

कांग्रेसले भन्यो, ‘मुडभेडको राजनीति अन्त्य गरौं’

कांग्रेसले भन्यो, ‘मुडभेडको राजनीति अन्त्य गरौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार लगातार रुपमा मुठभेडतर्फ अग्रसर भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ । उसले विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति बदर गरेर सरकारले प्रतिपक्षीलाई मुठभेडका लागि खुला आमन्त्रण गरेको टिप्पणी गरेको छ ।

नेपाली कांग्रेसले पटक पटक सरकार अधिनायकवादतर्फ अग्रसर हुँदै गएको बताएको छ भने प्रतिनिधी सभा र राष्ट्रिय सभामा उसले विरोध जनाएको छ । सरकार एकांकी रुपमा चल्न थालेको टिप्पणी कांग्रेसका नेताहरुले खुला रुपमा गर्न थालेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति उल्ट्याउने सरकारको निर्णयको विरोध गरेको छ । उसले निर्णय उल्ट्याउने सरकारको निर्णय फिर्ता लिनसमेत सुझाव दिएको छ ।

राष्ट्रिय सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारको गतिविधि प्रमुख प्रतिपक्षी दलसँग मुठभेड गर्नतर्फ अग्रसर देखिएको आरोप लगाए । उनले यस्ता गतिविधि लोकतन्त्र र विधिको शासनको लागि हानीकारक हुने टिप्पणी गरे । देउवा नेतृत्वको तत्कालिन सरकारले विधि, पद्दति र प्रकृयाभित्रै रही गरेका नियुक्तिहरु राजनीतिक प्रतिशोधका आधारमा उल्ट्याउने कार्य भएको भन्दै देउवा सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गरे ।
सांसद देवले सरकारलाई आफ्ना पूर्व नेताहरुको सहकार्य संस्कृतिलाई पछ्याउनसमेत आग्रह गरेको छ । ‘पुस्पलाल र मदन भण्डारीको सहकार्यको संस्कृतिलाई स्मरण गर्नु’, देवले भने, ‘लोकतन्त्रका लागि ठूलो योगदान दिने शक्तिबीचको मुठभेडले कसैलाई फाइदा गर्दैन ।’ उनले मुठभेडको राजनीति अन्त्य गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित समय : २२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु