गृहपृष्ठ विद्या भण्डारी किन पुगिन् जंगी अड्डा ?
विद्या भण्डारी किन पुगिन् जंगी अड्डा ?
राष्ट्रपति विद्यादेवी भण्डारीले भद्रकालीस्थित नेपाली सेनाको प्रधान कार्यालय पुगेर पछिल्लो सैन्य गतिविधिबारे जानकारी लिएकी छन् । बिहीबार उनले त्यहाँ प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कुराकानी पनि गरेकी छन् ।
नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीलेसेनाले सरकारले प्रदान गरेको जिम्मेवारीलाई जिम्मवारी सम्झेर सम्पन्न गर्न निर्देशन दिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भण्डारीले सेनाको पछिल्ला कामकारवाही र गतिविधिबारे जानकारी पनि लिइन् । नेपाली सेनाको जिम्मेवारी, संगठन तथा नीति नियम, अपरेशनल गतिविधि र कल्याणकारी कार्यसम्बन्धी नेपाली सेना सम्बन्धित विभागका रथी तथा अधिकृतले राष्ट्रपतिसमक्ष ब्रिफिङ गरेका थिए ।
राष्ट्रपतिसँगै कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि त्यहाँ पुगेका थिए । उनले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको तथा विशिष्ट चरित्र भएको नेपाली सेनालाई आवश्यक सहयोग गर्न सरकार सदैव सकारात्मक रहेको बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले सदैव राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखी कार्य गर्दै आइरहेको स्मरण गराए ।
प्रकाशित समय : १३:१६ बजे




















