काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकपमा बलियो दाबी प्रस्तुत गर्दै फ्रान्स

16.53K
shares

रुसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा फ्रान्सले पनि स्थान पक्का गरेको छ । बिहीबार राति भएको दोस्रो खेलमा फ्रान्सले पेरुलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

फ्रान्सका कायलिन एमबाप्पेले ३४औं मिनेटमा गोल गरेका थिए । फ्रान्सका लागि १९ बर्षमा गोल गर्ने उनी पहिलो खेलाडी पनि बनेका छन् । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुननसक्दा एमबाप्पेको गोल नै निर्णायक बन्न पुग्यो र फ्रान्सले ३ अंक प्राप्त गर्यो ।

दोस्रो हाफमा पेरु फ्रान्सबिरुद्ध निकै आक्रमक खेल्यो । तर, गोल गर्न भने सकेन । फुटबल
सन् १९९८को विश्वकप बिजेता फ्रान्सको यो जितसँगै ६ अंक भएको छ । समुहमा डेनमार्क ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने अष्ट्रेलियाको १ अंक रहेको छ । पेरु अंकबिहिन रहेको छ ।