काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा

16.28K
shares

डिजिटल पेमेन्टसम्बन्धी एप डिजीपेले आफ्नो आधिकारिक एप्लिकेसन सार्वजनिक गरेको छ । दरबारमार्गस्थित डेजाभुमा एक भव्य कार्यक्रमको आयोजना गरी डिजीपेले उक्त एप सार्वजनिक गरेको हो । ‘जहाँ पैसा चल्छ, त्यहाँ हामी’ भन्ने मुख्य स्लोगन बोकेको डिजीपले ल्याएको एप डिजिटल पेमेन्ट गेटवेसम्बन्धी सेवा दिने उच्च आधुनिक एप हो ।

यो एपबाट सर्वसाधरणले सहज रुपमा डिजिटल पेमेन्ट गर्न पाउने, समय बचत हुने र प्रत्येक सपिङमा दिइने गोल्डकोइनबाट विभिन्न सामाग्रिहरु खरिद गर्न सक्नेछन् । विश्व संगीत दिवसका अवर पारेर बिहीबार राति डेजाभुमा आयोजना गरिएको उक्त कार्यक्रममा इंग्लिस रक ब्याण्ड स्टार पिङक फोयडको सम्झनास्वरुप विशेष प्रस्तुतिहरु पनि देखाइएको थियो । कार्यक्रममा ६ हजारभन्दा बढी डिजीपे प्रयोगकर्ता उत्साहजनक रुपमा सहभागी भएका थिए ।