global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा

डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा

डिजीपेको अत्याधुनिक एप सार्वजनिक, यस्ता छन् फाइदा

डिजिटल पेमेन्टसम्बन्धी एप डिजीपेले आफ्नो आधिकारिक एप्लिकेसन सार्वजनिक गरेको छ । दरबारमार्गस्थित डेजाभुमा एक भव्य कार्यक्रमको आयोजना गरी डिजीपेले उक्त एप सार्वजनिक गरेको हो । ‘जहाँ पैसा चल्छ, त्यहाँ हामी’ भन्ने मुख्य स्लोगन बोकेको डिजीपले ल्याएको एप डिजिटल पेमेन्ट गेटवेसम्बन्धी सेवा दिने उच्च आधुनिक एप हो ।

यो एपबाट सर्वसाधरणले सहज रुपमा डिजिटल पेमेन्ट गर्न पाउने, समय बचत हुने र प्रत्येक सपिङमा दिइने गोल्डकोइनबाट विभिन्न सामाग्रिहरु खरिद गर्न सक्नेछन् । विश्व संगीत दिवसका अवर पारेर बिहीबार राति डेजाभुमा आयोजना गरिएको उक्त कार्यक्रममा इंग्लिस रक ब्याण्ड स्टार पिङक फोयडको सम्झनास्वरुप विशेष प्रस्तुतिहरु पनि देखाइएको थियो । कार्यक्रममा ६ हजारभन्दा बढी डिजीपे प्रयोगकर्ता उत्साहजनक रुपमा सहभागी भएका थिए ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु