global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले हवाई सेवाको क्षेत्रमा फड्को मारेको छ : अधिकारी

नेपालले हवाई सेवाको क्षेत्रमा फड्को मारेको छ : अधिकारी

नेपालले हवाई सेवाको क्षेत्रमा फड्को मारेको छ : अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालले हवाई सेवाको क्षेत्रमा ठूलो फड्को मारेको बताएका छन् । संसदमा नेपालको हवाई क्षेत्र सम्बन्धी विशेष सार्वजनिक महत्वको विषयमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले हवाई रुटका सम्बन्धमा लामो समयदेखि चर्चा चलिरहेको भए पनि नेपालले मागेको हवाई रुट प्राप्त गर्न नसकेको तर ‘बल्ल प्राप्त भएको’ बताए । ‘उत्तरमा लुनिन, मेचिनगर (भुटानका लागि मात्रै) र वीरगन्जबाट मात्र आउने गरेको थियो’ अधिकारीले भने, भारतसँग पटक पटक छलफल भएकोमा पछिल्लो समयमा केही सहमति भएको थियो ।’

मन्त्री अधिकारीले २०७५ जेठ २ मा भएको सहमति अनुसार महेन्द्रनगर नाकाबाट, नेपालगञ्जबाट तथा सेप्टेम्बरमा जनकपुर र विराटनगरबाट हवाईरुट प्राप्त भएको संसदलाई जानकारी गराए । उनले ३/४ महिनामा नेपालगन्जबाट दिल्ली उडान भर्ने तयारी भइरहेको भन्दै आइकाओले नेपाललाई जोखिमको सूचीमा राखेकोमा त्यो सूचिबाट हटेको उल्लेख गरे ।

नेपालको उडान सुरक्षामा प्रगति भएको दाबी गर्दै मन्त्री अधिकारीले आइकाओको प्रेसिडेन्ट अवार्ड पाएको समेत उल्लेख गरे । उनले युरोपमा सिधा उडानका लागि पत्राचार भएको जानकारी दिँदै युरोपियन युनियनको कालोसूचीबाट नेपाल हट्ने विश्वास व्यक्त गरे । ‘युरोपमा सिधा उडानका लागि पत्राचार भएको छ’, सार्वजनिक महत्वको विषयमा बोल्दै अधिकारीले भने, ‘युरोपियन युनियनको कालोसूचिबाट नेपाल हट्नेछ ।’

नेपाल जापान हवाई सम्बन्ध पुनराबलोकन भएको, हप्तामा १४ उडान गर्न सहमति गरेको, २५ वर्षअघि भएको हवाई सम्बन्धमा पुनराबलोकन गरिएको, जापानबाट विश्वका अमेरिकाबाहेक मुलुकमा उडान भर्नसक्ने सहमति गरिएको समेत उनले संसदलाई जानकारी गराए । त्यसैगरी उनले ६ ट्वीनटर विमान थपिनेसमेत जानकारी गराए ।

सांसदको प्रश्न : मन्त्रीको उत्तर

उक्त क्रममा सांसदले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री अधिकारीले नेपालगञ्जबाट दिल्लीका लागि एयर रुट स्वीकृतिका लागि अनुमति दिएको, क्वारेन्टाइन र अध्यागमनको सुरक्षा व्यवस्थाका लागि ३ महिनाभित्र सम्पन्न हुनेसमेत जानकारी गराएका थिए ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु