काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

13.42K
shares

झापा-  कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी छिन् । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उनी चार सन्तानकी अामा भइसकिन् ।

सानै उमेरमा अभिभावकले विवाह गरिदिएपछि मण्डल उमेर नपुग्दै अामा बनिन् ।  त्यसमा पनि चार सन्तानलाई जन्म दिइसकेकी उनले पाँचौँ सन्तान पनि जन्माउनु पर्ने बाध्यता आइपरेको छ । यो बाध्यताको कारण हो, उनका चारै सन्तान छोरी हुनु ।

सीता त उदाहरण मात्रै हुनुहुन्छ । उहाँको जस्तै बाध्यता अन्यको पनि छ । मण्डल समुदायमा छोरीभन्दा छोराको चाहना बढी भएको स्वास्थ्य स्वयंसेविका सावित्रा बर्देवाले बताउछिन्  । “यो समुदायमा छोरीको विवाह गर्दा धेरै खर्च लाग्छ”, उने भनीन्,  “त्यसले गर्दा पनि छोरीभन्दा छोराको चाहना बढी छ ।”

छोराछोरी समान भन्ने कुरा व्यवहारमा लागू नहुँदा र छोरीलाई बोझ र छोरालाई भविष्यको पालनकर्ताको रुपमा हेरिनुले पनि महिला छोराकै लागि बढी सन्तान जन्माउन बाध्य भएको कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईं बताउछिन् ।

-रासस