global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लमजुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । शीला कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काकी पत्नी हुन् । सभापति देउवाले आज उनीहरूलाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को बुँदा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजै सभापति देउवाले पार्टी विधानको बुँदा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली) लाई कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । (रासस)

प्रकाशित समय : २०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु