global ime bank Long Banner Ad

गृहपृष्ठ फलोअप : सामान्य प्रशासनको वेबसाइट अद्यावधिक

फलोअप : सामान्य प्रशासनको वेबसाइट अद्यावधिक

फलोअप : सामान्य प्रशासनको वेबसाइट अद्यावधिक

मन्त्रालय गठन भएको चार महिनापछि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ । मुलुकमा संघीयता कार्यान्वयन आएको अढाइ वर्षपछि मन्त्रालयले बल्ल नयाँ राजनीति विभाजनअनुसार वेबसाइट अद्यावधिक गरेको हो ।

वेबसाइटमा हालको सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तह उल्लेख छ । साथै, मुलुक संघीय संरचनामा गएपछिका जानकारी तथा सूचना पनि अद्यावधिक भएको छ । यसअघि मन्त्रालयकै वेबसाइटमा ७५ जिल्ला र संरचनामै नरहेका गाविस, जिविसलगायत उल्लेख थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ राजनीतिक विभाजनअनुसार वेबसाइट अपडेट गरे पनि गृह मन्त्रालय र जिल्ला समन्वय समितिहरुले अझै पुरानै सामग्री राखिरहेका छन् । न्युज कारोबारले समेत पटक–पटक खबरदारी गरिरहँदा पनि सूचना तथा सञ्चारको सहज विद्युतीय माध्यममा सरकारी निकायहरुले अझै गलत सामग्री राखिरहेका छन् ।

 

यो पनि पढ्नुहोस्

प्रविधिको धज्जी उडाउँदै सरकारी कार्यालय

 

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु