गृहपृष्ठ पोखरा महानगरका वरिष्ठ अधिकृत बेपत्ता, घटना थप रहस्यमय
पोखरा महानगरका वरिष्ठ अधिकृत बेपत्ता, घटना थप रहस्यमय
पाेखरा महानगरपालिकाका वरिष्ठ रामाजिक विकास अधिकृत तथा सूचना अधिकारी ओमराज पौडेल वेपत्ता भएका छन् । वेपत्ता भएका पौडेलको खोजी कार्य तिव्र पारिएको छ ।
मर्निङवाक जाने भनेर विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लाग्न सकेको छैन । सबैतीर खोजी कार्य तिव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले न्युजकारोबारलाई बताए ।
पौडेलको खोजी कार्यमा अहिलेसम्म प्रगति भएको छैन । पौडेलले प्रयोग गर्ने २ वटा मोवाइल घरमै छाडेका छन् । उनले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेका जनाइएको छ ।
घटना थप रहस्यमय
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञप्ति निकालेर पौडेलको खोजी भइरहेकाले सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । प्रमुख जिसीले जारी गरेको विज्ञप्तिमा पोडेलको खोजीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइएको छ ।
तर, स्थानीय तह कर्मचारी युनीयनले विज्ञप्ती निकालेर आस्थाका आधारमा पौडेलमाथी अनेकन लान्छना र चरित्र हत्या गर्ने जस्ता कार्य विगतमा हुने गरेको भन्दै घटनालाई राजनीतिकरण गर्न खोजेको छ । यसले घटनालाई थप रहस्यमय बनाएको छ ।
प्रकाशित समय : २२:३४ बजे


















