काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुर्खेतमा एक वर्षमा जुवाडेबाट ३९ लाख ६७ हजार बरामद

6.7K
shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक वर्षमा जुवाडेबाट ३९ लाख ६७ हजार ५ सय ४५ रुपैयाँ बरामद गरेको छ । जुवा खेल्दै गरेको अवस्थामा रहेका ८९ जना जुवाडेलाई पक्राउ गरी उनीहरुको साथमा रहेको नगद तथा चेकबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतका विभिन्न होटल तथा घरमा जुवाडेहरु जम्मा भई धेरै रकम जुवामा फाल्ने गरेको पाइएको शुक्रबार पत्रकार सम्मेलनका क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए ।

आर्थिक वर्ष २०७४/७५ मा २ सय ५२ जना गुन्डासमेत पक्राउ परेका छन् । गत वर्ष गुन्डागर्दीका १ सय ६३ वटा मुद्दा दर्ता भएका छन् भने गुन्डागर्दीको आरोपमा २ सय ५२ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ठेक्कापट्टा तथा होटल र रेस्टुँराबाट अवैध रुपमा रकम असुली गर्ने, विभिन्न अराजक गतिविधि गर्ने, विद्यालय तथा कलेज पढ्ने विद्यार्थीलाई आक्रमण गरी मोबाइल लुट्ने जस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
त्यस्तै, जिल्लामा घरेलु हिंसाका घटनासमेत बढ्दो दरमा रहेको जानकारी कार्यालयले दिएको छ । त्यसमा पनि महिलाहरु घरेलु हिंसाको चपेटामा बढी रहेको पाइएको छ ।